About Sandip Jnawali

I grew up in Argakhanchi, Nepal. My career in travels and tours brought me to Kathmandu City in my early twenties. I am working as Sr. Ticketing officer at Sumegh Tours and Travel Pvt Ltd. Then, one day a magical thing happened: I discovered my love for writing. And over the course of a couple of life-changing years, I wrote my first article, नेपालको बिकास.

After the first article, the fondness of writing augmented. I have written several other articles and I can’t believe I get to share them with you now! I can’t wait for you to read it.

I made this website for you, dear reader. I invite you to become involved and share any comment that will help to profound these articles. You can also find me on Facebook as Sandip Jnawali.

जीवन बिमा सम्बन्धी मलाई लागेका केही कुरा

        सबै भन्दा पहिले जीबन बिमा किन र केको लागि ? कस्को लागि के तपाई पछी तपाईंको परिवारको लागि अरु प्रयाप्त ठाउँ छैन जहा तपाईंले आफुले भबिश्य सुरक्षितगर्न सक्नु होस् । केही जीबनबिमाको यथार्थ बोध गराउन चाहन्छु । जुन कुराले तपाईंलाई केही कुर सोच्न वाध्यबनाउने छ तपाईंले जीबन बिमा गराउनु भन्दा अगाडि केही प्रश्न गर्ने प्रयास गर्नु हुने छ । शायद तपाईंले मलाई गलत पनि भन्न सक्नु हुनेछ वा ठीक पनि । जीबन बिमा गर्दा तपाईंले कती पैसा तिर्नु भो भन्ने कुरा भन्दा तपाईंले कती पैसा पाउनु हुन्छ भन्ने कुरालाई मुख्य रुपमा तपाईं समक्ष प्रस्तुत गरिन्छ । हो त्यो मार्केटिङ गर्ने तरिका हो तर के तपाईंले कहिले यसबारेमा सोच्नु भो ? पक्कै भएको छैन । मैले पनि कहिले यस्को लेखा जोखा गरेको थिएन । शायद मलाई त्यो सोच्ने अवस्था आएको थिएन केही समय देखी मलाई मेरो केही साथीहरु जो जीबन बिमा गराउने काम गर्दै हुनु हुन्छ उहाँहरुले बीमाको लागी दबाब दिराख्नु भएको थियो । यसै शिलशीलामा मैले केही समयदेखी मलाई केही जानकारीहरु पाए अब मैले आफैले कमाको पैसा तिर्नुपर्ने छ भने यसबारेमा केही कुरा सोच्नु मेरो आवस्य्कता थियो । यसै शिलशीलामा मैले हिसाबकिताब गरे के मैले जीबनबिमा गर्नु ठीक हो वा त्यो पैसा अन्य कुनै पनि ठाउमा लगानी गर्दा उत्तम हुन्छ त ? प्रश्न आयो लगानी त डुब्न सक्छ दुब्यो भने त्यसो किन गर्ने ? अनी मैले धेरै जसो बैंकहरुमा जाँदा मुद्धतीखातामा दिने ब्याजको याद आयो अनी मैले हिसाब गरे जम्मा ५ लाख को यसरी हेर्नुस् है त:- 

 
        मैले यहाँ ३४ बर्षको १ ब्यक्तीले कती पैसा प्रिमीयम बुझाउनु पर्छ र जम्मा पैसा कती बुझाउनु हुन्छ भनेर देखाउन मात्र खोजेको छु । तपाईंले यदी ५ लाखको जीबनबिमा १५ बर्षको लागी गर्नु भो भने तपाईंले वार्षिक प्रिमियम तिर्ने गरी गर्नु भो भने तपाईंले बर्षको ३५८२३ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसको हिसाबले तपाईंले १५ बर्षमा जम्मा रकम ५३७३४५ रुपैयाँ तिर्नु हुन्छ । यो हिसाब मैले जीबन बिमा गर्ने कम्पनी कै वेबसाईटमा राखीको दर सावार गरेको हुँँ । यो हिसाबले पनि तपाईंले आफुले गरेको जम्मा बीमाको पैसा भन्दा धेरै तिर्नु पर्ने हुन्छ अब अर्को यसमै हेर्नुस त तपाईंलाई सामान्य वाणीज्य बैंकहरुले आफ्नो बैंकमा मुद्धती खाताको ग्राहकलाई दिने ब्याजदर को हिसाब हेरौँ । तपाईंलाई बैंकले वार्षिकरुपमा १०% को दरले ब्याज दिन्छ भने तपाईंले १५ बर्षापछी १२५२००४।१७३ पैसा तपाईंको खतामा जम्मा हुन्छ । अर्को कुरा यदी तपाईंले समयमा पैसा मतलव प्रिमियम तिर्नु भएन भने तपाईंले कती पैसा तपाईंलाई जरिवनालाग्छ या त तपाईंले बीमा कम्पनीलाई तिर्नुस् वा रिण लिएर त्यस्को ब्याज तिर्नुस् र समयमा प्रिमियम तिर्नुस् । यो भन्दा अन्य बिकल्प तपाईंसँग हुने छैन । 
         मलाई कहिले पनि जीबन बीमा उत्तम हो जस्तो लाग्दैन । तपाईंले स्वास्थ्य बीमा गर्नुस् तपाईं बिरामी पर्दा काम लाग्छ तपाईंको जीवन बीमा तपाईं अस्पातलमा जीवन र मरणको दोसाधमा हुनु हुन्छ भने तपाईंको परिवारलाई उपचार गराउन हम्य परोस । जीवन सुरक्षित गर्न जीवन बिमा ? यस्तो कसरी मार्केटिङ गर्ने मान्छेको कला हो थपेर गर्ने तर तपाईंले आफुले कहिले यस्बारेमा बिचार गर्नु भो ? दुर्घटना बीमा स्वास्थ्य बीमा गर्नुलाई सुरक्षित भन्न सकिन्छ तर नेपालमा पोलिसीको माग म के गर्छु भने यदी कसैले स्वास्थ्य बीमा गरेको छ भने त्यस्को बीमा पोलिसी मार्फत उपचार गरैयोस नकी उपचारपछी बीमा रकम उपलब्ध होस् । यदी म सँग बीमा पोलिसी छ भने अस्पातलहरुले त्यस्को रकम बराबरको उपचार कुनै रोकतोक गर्ने ब्यबस्था होस । 
    
 मलाई लगेको केही कुराहरु तथ्यसहित माथि लेख्ने प्र्यास गरे यस्मा तपाईंहौर्लाई मन परेको वा नपरेको केही छ भने मलाई सल्लाह सुझाब दिनु होल केही नयाँ केही कुरहरु शाहीत अर्को लेख मा फेरी भेटौँला 

                         धन्यवाद

Popular Posts