राजनीति र राजनैतीक चरित्र
यहाँको राजनैतीक अभ्यास र राजनैतीक नेत्रित्व पन्क्तीको विरोध गर्नु पूर्व
राजनीति केहो र केको लागि गरिन्छ भन्ने कुरा जान्नु जरुरी हुन्छ । किन
सरकारको यती धेरै विरोध हुन्छ ?
राजनैतीक नेत्रित्व कस्तो हुनु पर्छ ? राजनैतिक सँस्कार कस्तो हुनु पर्ने हो
त्यो बारेमा मलाई लागेको केही कुरा गर्न चाहन्छु ।
हुन त मैले यसो भन्दै गर्दा यहाँ जेल नेल काटेर बर्शौ राजनिती गरेको हामीलाई
सिकाउने त को भन्ने जमात धेरै नै छ क्यारे
,
त्यस्तोहरुलाई अहिले सम्म शायद कसैले आँट गरेर प्रश्न गरेको होला जेल गएर
पारीपक्क हुने भये त ज्यान मुद्धा,
बलत्कारको मुद्धा जस्ता जघन्य अपराध गरेर जेल जानेहरु सबैलाई देश चलाऊने
दिये भै हाल्यो नि होइन र ? यस्तो भन्नु भन्दा आफ्नो मुद्धा के हो र के को
लागि देशको बाग्डोर सम्हाल्न चाहन्छ ?
अहिले सम्म के गर्यो ?
अन्य नेताले नगरेको काम के कसरी फत्ते गर्न सक्छ ?
खै त त्यो चरित्र नेतामा,
के नेता त्यसै जेल गएको भरमा हुने हो ?
म राजनीतिको विद्यार्थी त होइन तर म आफु व्यबस्थापनको विद्यार्थी भएकोले देशको माहोल किन बिग्री रहेको छ, के यो व्यास्थापन सही तरिकाले गर्न सकिदैन भन्ने चिन्ता यो देशको एक स्वतन्त्र नागरिक भएको कारणले सोच्न वाध्य हुने गर्दछु । यसै सन्दर्भलाई लिएर मैले राजनीति भनेको के हो भनेर खोज्ने प्रयास स्वोरुप Merriam-webster को व्याख्या हेरेको थिए । यस्मा ज्यादै साधारण तर निकै चातुर्य पूर्ण रहने गरी व्याख्या भेट्याए । यस्ले के भनेको छ भने राजनीति भन्ने शब्द कारीब कारीब १८५३ देखी प्रयोगमा आएको हो रे, र राजनीति भनेको एक बहुदलिय शब्द हो । यस्ले साधारण भाषामा के भनेको छ भने, राजनीति भनेको "सरकारी नितिलाई मार्गनिर्देशित गर्ने वा प्रभाब पार्ने बैज्ञानीक कला हो" । यस्को व्याख्यालाई हेर्दा सकरात्मक र नकरात्मक दुबै तरिकाले प्रयोग हुने देखियो ।
अब कुरा गरौ राजनीती भित्र हुने कार्यहरु,
अभ्यासहरु र यस्का चरित्रहरु ! माथिको अर्थपूर्ण व्याख्या हेर्दा राजनीति एक
शक्ती र नेत्रित्व बिचको प्रतिस्पर्धा पनि बन्न जाने भै हाल्यो । राजनीति एक बैज्ञानीक कला त हो तर कहाँ कसरी प्रयोग गर्ने ?
यहाँ के भै रहेको छ ?
मेरो बुझाई अरुको भन्दा फरक हो वा त्यही नै हो त्यो मलाई पनि थाहा छैन । तर
मेरो बुझाई के हो भने राजनीति एक देशको सरकारी नितिलाई राष्ट्र र
राष्ट्रियताको पक्षमा मार्गनिर्देशित गर्ने बैज्ञानीक कला हो । माथी दिएको
सानो व्याख्यामा प्रभाब भन्ने शब्द छ जुन साकरात्मक नभएर नकरात्मक रुपमा
प्रयोग भै रहेको देखियो ।
नेपालको मात्र नभएर विश्वको राजनीति चरित्र हेर्ने हो भने त्यो एउटा
राष्ट्रको त हुन सक्छ तर त्यो देशको नागरिकको पक्षमा भन्दा त्यो देशको
नेत्रित्व पंक्तीको शक्तीको अभ्यास भयेको पाईन्छ । म नेपाली नागरिक भएको र
नेपालको राजनीति र राजनैतीक चरित्रको कुराहरु आफु भन्दा केही अग्रजहरु सँग
गर्न रुचाउने भएको हुनाले बेला बेला केही सन्दर्भहरु निस्किने गर्छन् । यस्तै
प्रसँगवस एक जना अग्रज दाईले नेपाली हामी त सच्चिकै भन्ने हो भने आधारभुत
राजनीतिक अभ्यास मै छैनौ भन्नु भएको थियो । यही प्रसँगलाई हेर्ने हो भने पनि
सरकारी निती लाई प्रभाब पार्ने कला खै त ?
सकरात्मक नभये नकरात्मक त हुनु पर्थ्यो । यहाँ त कुनै निर्णय गर्न पाको
हुँदैन छताछुल्ल पोखिन्छ । यहाँ राजनीतिक नेताहरुलाई सल्लाहकार केको लागि र
किन गरिन्छ भन्ने नै थाहा छैन । कुनै पनि क्षेत्रको सल्लाहकार नियुक्त गर्दा
त्यस सम्बन्धी निपूर्ण ब्यक्ती नियुक्त गर्नु पर्ने हो तर यहाँ के छ भने
सरकारी भत्ता आउने भए पछी राम्रो होइन हाम्रो भन्ने परिपाटीले अली बढी महत्व
राख्ने गर्छ । राम्रो भए त नराम्रो नै गरे पनि कलात्मक हुन्थ्यो होला नि ।
राजनैतिक चातुर्यता त पुग्थ्यो त्यो पनि देख्न पाइदैन । त्यसैले होला शायद
आधारभुत राजनीतिमा पनि हामी प्रबेश गरेका छैनौ भनेको ।
म माथि नै भनी सके कि म राजनीतिको विद्यार्थी होइन र ब्यबस्थापन को
विद्यार्थी हो । नेपाल को व्याबस्था परिवर्तन भनेर वि स १९९७ देखी लडेर आएको
कांग्रेसले के गर्यो,
त्यस पछी आएका कम्युनिष्टहरुले के गरे २०५२ साल देखी देशलाई गृह युद्धमा
धकेलेका माओवादीहरुले के गरे ?
ईतिहास हेर्ने हो भने जहिले जहिले परिवर्तन र व्याबस्था परिवर्तनको नारा
बोकेर हिंडेका दलहरु छन त्यो बेलामा नेपाली नागरिकले बहुमत दिएकै छन । पहिले
नेपाली कांग्रेस त्यसपछी कम्युनिष्ट,
६२|६३ को आन्दोलन पछी माओवादी पनि प्रतक्ष चुनाव मा २४० मा १२० पाएकै हो । तर
बिडम्बना कसैले केही गर्न चाहेन । त्यो बेला नागरिकले के तिनीहरुको
अनुहार राम्रो भएको देखेर भोट दिएको थियो र ?
पक्कै थिएन,
उनीहरुको नारा र देश परिवर्तन गर्छु भन्ने संकल्प देखेर आशावादी रहेर भोट
दिएका थिए तर राजनैतीक चरित्र नभित्री सकेको हाम्रो मुलुकमा शायद कुनै नारा र
संकल्पले काम गर्ने वाला थिएन र छैन पनि ।
केही समय अगाडि छिमेकी देश भारतमा चुनाव सम्पन्न हुँदै गर्दा अत्यन्त
चर्चामा रहेका भारतीय कम्युनिष्ट पार्टिका युवा नेता कन्हैया कुमारले
त्यहाँको सरकारको वा भनौ श्री नरेन्द्र मोदीको बिरोध गर्दै गर्दा हरेक
पत्रकार र मोदी पक्षधरद्धारा त जहिले किन मोदी को बिरोध गर्छस राहुल गान्धी
को किन नगर्ने भन्ने प्रश्न आउथ्यो,
त्यसै प्रसँगमा उनले दिएको उत्तर सार्है राम्रो थियो । उनले भनेका थिए मैले
कहिले मोदीको बिरोध गरेको छैन। मैले त केबल सत्ताको बिरोध गरेको छु जहाँ
ब्यबस्था राम्रो भएन भनेको हुँं । मलाई थाहा छैन सत्तामा को छ । अब हामी तेही
ठाउंमा आँफैलाई राखेर हेरौ त के हामीले हाम्रो सरकारको सही र गलत छुट्टाउन
नपाउने गलतलाई गलत भन्न नपाउने ?
कहिले काहीं हाम्रो नेताहरुको आवाज सुन्न पाईन्छ कांग्रेसले यात्रो बर्ष के
गर्यो त ?
त्यसो भये तिमी हरुलाई भोट के परिवर्तन चाइँदैन अहिले सम्म कांग्रेसले खायो
अब तिमीहरु खाउ भनेर भोट दिएको ?
यो भन्नु त्यो नागरिकको अपमान होइन जो जोले भोट हालेर त्यो ठाउँमा पुर्याए ?
राजनीतिक चरित्रभित्र २ थरीकुराहरु विश्वमा देख्न पाईन्छ । एउटा निरंकुस
तन्त्र एउटा हाम्रो जस्तो मुलुक जस्लाई राजा हुँदा प्रजातन्त्र भनिन्थ्यो
अहिले लोकतन्त्र भनिन्छ । निरंकुस त आँफैमा अकाट्य शब्द हो जहाँ १ जनाले शासन
गर्छ । हाम्रो जस्तो राजनीतिक प्रणाली छ त्यसको व्याख्या जनता जनताद्वारा
सासितभन्ने गरेको छ । यस्को अर्थ त जोले भोट दिएको हो ऊद्वारा सासित हुनु
पर्ने हो त्यो भनेको त उस्को कुरा सुनिनु पर्ने होइन र ?
अब कसरी व्याख्या गर्ने हाम्रो देशका नेताको राजनैतीक चरित्र को ।
Well described point on current scenario.Awesome daa
ReplyDeletethank you bhai for comment
DeleteCompendious article mama😄
ReplyDeleteContemporary Writing G!In my View, We Nepalese are unfortunately compelled to live in through pragmatic politics whether It Was Ranas, King's Dictatorship , Multiparty Democratic System & now Republic ;...... -
ReplyDelete�� U just Keep Sharing Ur Views G �� -Lol
good job
ReplyDelete