My photo
sandip jnawali
Sandip Jnawali is a Sr. Ticketing officer at Sumegh Tours and Travel Pvt Ltd. I'm a Travel consultant also, If any one need to Help for travel to any new place I'm always ready to help them. I am always enjoy meeting new people and maintaining a lot of relationships and share our faith and views. I'm a person who guiding by Bahai'i Faith. I'm not a professional contain writer. I would like to write note my personal views

नेपालको राजनीति र आर्थिक भबिस्य



कोरोना भइरसले विश्व आफै संकटमा परीरहेको अवस्था अहिलको छ नेपाल जस्तो मुलुक आफैमा अविकसीत राष्ट्र अर्को भ्रष्टाचारको मामलामा पनी अगाडी नै छ विश्वमा आर्थीक संकट उत्पन्न हुनेवाला छ । के विश्व आर्थीक संकटसँग जुद्धै गर्दा हाम्रोजस्तो राजनीतीक संस्कार विकास भैनसकेको मुलुकको अवस्था के होला ? के हामी भविष्यमा आईपर्ने जस्तो सुकै समस्या सँग जुध्न सक्ने छौँ त ? हाम्रो आर्थीक अवस्थालाई वचाई राखेका कुराहरु के हुन र भविष्य के हुनेवाला छ कसैले विचार गरेको छ त ? के यहि राजनितीक संस्कार रहेर हामी देस परिवर्तन गर्न सक्छौ होला त ? सहि र गलत हामीले किन छुट्टाउँन सकिरहेका छैनौ ? आफ्नो सन्तानको सही गलत छुट्टाउँने हामी नेताहरुप्रती किन यती सारै नतमस्तक भैरहेका छौँ ? के हामीले हाम्रो भविष्य हेरेका छौँ ?

मुख्यत: नेपालको आर्थीक पाटो भनेको नै रेमिट्यान्स हो यो पनी अधीकतर श्रमिक भिषामा दुवै, कतार, मलेसिया, साउदी जस्ता मुलुकमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्न गएकाहरु छन् यहाँको सरकार यी नागरीकलाई तल्लो दर्जामा रखिरहेको छ ।  यहाँ पैसा हुनेहरुको मात्र इज्जत हुन्छ न कि देसलाई योगदान दिनेहरुको  नेपालमै रोजगार दिनुपर्ने त्यो त सम्भव छैन । देसलाई वचाएर राख्नेहरुको लासमा पनी यहा राजनीती हुन्छ  सायद अव पहिले जस्तो श्रमिक भिषामा जानेहरुमा कमी आउने छ त्यो वेला कुरेर वस्ने कि समयमा केहि विचार गर्ने ।  यो अवस्था आयो भने हामी नीर्यात गर्न त केहि सक्ने वाला छैनौ त्यस अवस्थाको लागी तयारी के गर्दै छौ त ? पहिले देखी नेपाल कृषी प्रधान राष्ट्र ८१ प्रतिसत जनता कृषीमा आश्रीत, के सरकारले अहिलेको नया तथ्याकं खोज्ने प्रयास गरेको छ ? अहिले नयाँ तथ्याकं हेर्ने हो भने अधीकांस खेतीयोग्य जमीन प्लटीङ्ग भएको छ । सरकारले नीर्यातमुखी वजेट अहिले सम्म कहिले ल्याउन चाहेन । आफै विचार गर्नुस त नेपाली किसानले फलाएको न तरकारी विक्छ न फलफुल कौडिको भाउमा कसैले खरीद गर्दैन । त्यही चीज भारतबाट कती आयात भैरहेको छ किन ? भारत नेपाललाई पुर्ण रुपमा आफैमा आश्रीत रहोस भन्ने चाहन्छ भन्ने कुर सबै लाई अबगत भएकै हो । अहिले २/४ जना नेतालाई खर्च गर्दैमा भविष्यलाई फाइदा हुन्छ भने गर्छ । हाम्रो देसका नालयक नेता भविष्य कहिले हेर्नेवाला छैनन् यदी सोच्थे भने के सरकारले नेपाली किसानलाइ संरक्षन गर्नुपर्ने होइन ? अयात कम गर्न सक्ने हो भने व्यापार घाटा कम हुन्छ, व्यापार घाटा कम हुनु भनेको आर्थीक क्षेत्र वलियो हुनु हो सवै भन्दा पहिले अबको वजेट किषान र कृषी मुखी वनाउ यती मात्र गर्न सक्यो भने पनी रेमिट्यान्स मा कमी आयो भने पनी आर्थीक भार कम हुन जान्छ

अन्य मुलुकहरुको मा देखिएको र हाम्रोमा पनी सम्भावना भएको पर्यटन व्यावसाय थियो । यो पनी अहिलेको अवस्थामा शुधार हुन्छ जस्तो छैन । अहिलेको अवस्थालाई हामिले सहि व्यावस्थापन गरेर विश्व सामु हाम्रो देस सुरक्षीत छ भनेर देखाउनु पर्थ्यो  तर यहा त डक्टरहरु नै असुरक्षीत छन् । डराई डराई उपचार गर्न वाध्य छन् । स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भैरहेको छ । प्रधानमन्त्रि भन्छन होइन भ्रष्टाचार भएको छैन रे । हामी सर्वसाधारणले खरीद गर्न सक्ने भन्दा ३/४ गुणा महङ्गो कसरी पर्न गयो ? प्रश्नको उत्तर दिनु पर्छ कि पर्दैन ? यही अवस्थालाई हेरेर सायद प्रतीपक्ष पनी सरकारसँग छौ भनीरहेको छ, भ्रष्टाचार गरेको मान्छेलाई निकाल्नुस , आफ्नोलाई हाईन राम्रोलाइ ल्याउनुस । कुनै पनी मुलुकमा स्वास्थ्य माथीको खेलवाड हत्या गरे भन्दा ठुलो दोषी हुनुपर्छ । सर्वसाधारणको विचल्ली, कती दिनको हिडाई पछी घर पुग्ने हौ त्यो पनी पुग्ने हो कि होइन थाहा छैन, त्यस तर्फ ध्यान गएको दखिएन । खाने र वस्ने वातावरण राम्रो भएको भए यो सङख्या धैरै कम हुन्थ्यो होला सायद । प्रश्न खडा भएको छ ।  यो अवस्थाले के भविष्यमा नेपाल घुम्न नेपाल आऊन चाहनेहरु के साच्चिकै सहज र सुरक्षीत महसुस गर्लान् ?

देस आफ्नै नागरीकको करबाट मात्र चल्नेवाला छैन । आज भ्रष्टाचार गरेर जसको लागी जम्मा गरेर राखेको छौ भाली तीनैले दु:ख पाउने वाला छन् । सरकारले बनाएको कोषको सहि सदुपयो हुन्छ भन्ने विश्वास पनी कमैलाई मात्र होला, तै पनी नेपाली त हौ सवै त नखालान भनेर कोषलाइ वडाउने प्रयास गरीरहेका छन । कठै हाम्रो देस हामी नेपाली, कस्तो स्वर्ग जस्तो भन्नु पर्ने ठाउमा आज नर्क भन्न वाध्य भएका छौ । कस्तो देसमा जन्मेछु भनेर आफुले आफैलाई धिक्कार्नु परीरहेछ । आफुले र आफ्नोले कतावाट कमाउने भन्ने सोच रहे सम्म देस बदलीनेवाला छैन । दातृ निकायको भिखले कहिले सम्म चल्छ ? हाम्रो देसको आर्थीक वृद्धिदर ७ प्रतिसत पुर्‍याउने रे । जहा व्यापार घाटा वढेको वढै छ , भ्रष्टाचारले सिमा नाघिसक्यो । हामि धेरै ठुलो आर्थीक संकटमा फस्नेवाला छौ । हामि पुर्ण रुपमा भारतीय अर्थतन्त्रमा निर्भर छौँ । भारतले २१ वर्ष पछी धकिलीने भविष्यवाणी गरीसक्यो, हाम्रोमा यसवारे सोच्ने फुर्सद नै छैन । नेता गण आफुले आफुलाई सुधारौ सकिदैन राजनीती छाडौ । हामी नागरीक चलाख वनौ अरु वेला त यी नेता भन्नेहरु हमिलाई मान्छे नै होइन भन्छन् चुनावको वेला भोट माग्न आउदा हिसाव मागौ चीत्त बुझ्दो जवाफ नपाए लखेटौ । हामी आफुले आफुलाई चनाखो बनाएनौ भने भोकै मर्ने दिन चाडै आउने वाला छ । मैले यसो भन्दै गर्दा यहाँ आफु चाहि राजनीतीमा आउनुनी अरुलाई दाष दिएर हुन्छ भन्ने ठुलै जमात पनी छ । यसो भन्नेहरुलाई पनी ऊत्तर त दिनुपर्‍यो । के गर्नु म त गरिव मान्छे यहाँको राजनीतीमा आएर मात्र हुँदैन त्यो ठाउसम्म पुग्नु पर्छ जहाँ काम गर्न सकिन्छ । तपाई हामी २ छाक खानै पैसा दियो भने त्यसलाई जिताउछौँ । न त्यसको घोषणा पत्र पड्छौ न पछी प्रश्न गर्छौ । कामना गरौँ कोरोनाको अन्त्य होस, हाम्रो अवस्था मैले देखेको जस्तो नहोस। 






Comments

Post a Comment

Popular Posts